- दुतेन्द्र चाम्लिङ
आकाशे रङको सर्ट, निलो पाइन्ट र फ्रक लगाएर स्कुल जाँदै गरेका बच्चाहरु जब देख्छु
म उनीहरुका सपना के के होलान् भनी सोच्छु
औधी खुसी हुन्छु
म उनीहरुका सपना के के होलान् भनी सोच्छु
औधी खुसी हुन्छु
एकदिन उनीहरुकै हातमा हुनेछ यो देशको भविष्य
र उनीहरुले नै गर्नेछन् त्यो कर्तव्य र अधिकारको राम्रोसँग निर्वाह
म हेर्छु तिनीहरुलाई धित नमरुञ्जेल
म त भोलि देश बनाउनेहरुलाई पो हेरिरहेको छु
ती बच्चा जो स्कुल जान पाउँदैनन्, बिर्सिन्छु अक्सर
तर बिर्सिन्नँ, सम्झन्छु
म स्कुल गएको थिएँ
एउटा बिहान एउटा बच्चा देखें स्कुल गइरहेको

तपाईं सोध्नुहुन्छ,
कसैलाई वास्ता नगरी स्कुल जाँदैथियो त्यो बच्चा
यो कुनै कुरा भएन,
एक जोर सिन्थेटिक जुत्ता थिए
जुत्ता उसको खुट्टामा
यो पनि त कुनै कुरा भएन,
मानिसका कति वटा हुन्छन् आँखा ?
यो पनि कुनै प्रश्न भयो र ?
खुट्टाका दश वटा औंलामध्ये आठ औंलाले आठै प्वाल पारेर
जुत्ताबाट मलाई घुरेर हेरिरहेका थिए
प्रश्न सोधिरहेका थिए
थिएँ म त गरिब
थिएन मसँग कुनै उत्तर
बढीमा तीन सेकेण्डभन्दा बढी मैले हेर्न सकिनँ
झटपट म भागिहालें चोरजस्तै लगभग
उसले थाहा नपाई म डराएँ

त्यो बच्चा युवा हुनेछ एकदिन
र सोच्नेछ—
आठ वटा अथवा त्योभन्दा अझै बढी आँखा उसैसँग किन भए ?
र आफूलाई खाली पाएर सोध्नेछ
म डराउँछु,
उसको खाली भरिदिन
ऊभन्दा धेरै अघि उसको नाममा
कसैले बन्दुकको गोली जन्माइसकेको छ
जो बच्चा अहिले स्कुल जान पाइरहेका छैनन्
उनीहरुसँग बन्दुक त के फलाम पनि हुने छैन
तर उनीहरुको नाम
त्यो समयसम्म हामी बाँचिरह्यौं भने
त्यो युवालाई गोली हान्नेको नाममा
टिभीमा हेर्नेछौं
समाचारमा पढ़नेछौँ
फेसबुक र टुइटर
अथवा त्यो समयको अरु कुनै फेमस सामाजिक संजालमा
चर्कीचर्की सपोर्ट र खुसी व्यक्त गर्नेछौं
हामी स्कुल गएका थियौं
र हामीलाई अधिकार छैन गुनासो गर्ने
आँखा नहुनेले कसको हात हो, चिन्दैन ।
इ समता पत्रिकामा प्रकाशित २०७२ असोज १४ | October 1, 2015
http://esamata.com/np/2015/%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A5%8B-%E0%A4%AF%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%97%E0%A5%8B%E0%A4%B2%E0%A5%80-%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%87/

No comments:
Post a Comment